एमाले निकट अनेरास्ववियु मकवानपुरको चियापान कार्यक्रम सम्पन्न

१४ पौष हेटौंडा- नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटिको आयोजनामा आज चियापान कार्यक्रम सम्पन्न भएको छ ।

चियापान कार्यक्रम अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी अध्यक्ष विशाल पौडेलको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रिय कमिटि अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर राना, सचिब एकालाल श्रेष्ठ, अनेरास्ववियु बाग्मती प्रदेश कमिटिका पदाधिकारी लगायत अनेरास्ववियु मकवानपुर जिल्लाका विधार्थी तथा युवा नेताहरुको अतिथ्यता रहेको अनेरास्ववियु जिल्ला कमिटि सचिवालय सदस्य तथा स्वयम सेवक बिभाग प्रमुख मनिश मान श्रेष्ठले बताए ।

कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटि सचिवालय सदस्य तथा स्वयम सेवक बिभाग प्रमुख श्रेष्ठले नेकपा माओवादी निकट विधार्थी संगठन अनेरास्ववियु क्रान्तिकारि +२ कमिटीका अध्यक्ष अङ्कित बहादुर कार्की लगायत अन्य २५ जना लाई अनेरास्ववियु मकवानपुरमा प्रबेश गराएको बताएका छन् ।

नव प्रवेशी विधार्थीहरुलाई अनेरास्ववियु केन्द्रिय कमिटि अध्यक्ष सुनिता बरालले खादा तथा अबिर लगाएर अनेरास्ववियु मकवानपुरमा स्वागत गरेका थिए ।

प्रदेश समाचार राजनीति समाचार