साढे छ खर्ब रुपैयाँ बराबरको नोट बजारमा

काठमाडौ । नेपाल राष्ट्र बैंकले बजारमा साढे छ खर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको बताएको छ ।

मंसिर मसान्तसम्ममा कुल छ खर्ब ५४ अर्ब ८८ करोड १७ लाख ६७ हजार ९१७ रुपैयाँ बराबरको नोट बजारमा रहेको बैंकले जनाएको हो । 

यस्तो नोट अघिल्लो महिना (कात्तिक) मा कुल छ खर्ब ८७ अर्ब ७७ करोड ३० लाख ३२ हजार ९१७ रुपैयाँ बराबर रहेको थियो । बैंकको रिपोर्ट अनुसार एक महिनामा ३२ अर्ब ८९ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको नोट बजारबाट फिर्ता भएको छ । 

अर्थ मुख्य समाचार