नेकपा एमाले चितवनको अध्यक्षका लागि ४ जनाको प्रतिस्पर्धा

काठमाडौ । चितवनको अध्यक्षका लागि ४ जनाको प्रतिस्पर्धा गर्ने भएका छन् । नेकपा (एमाले) चितवनको १० औँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका हुन । पार्टीको जिल्ला अधिवेशन पुस २३ र २४ गते हुँदै छ ।

जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठक प्रधिस्पर्धामा रहेका छन् ।

न्यौपाने यसअघि पार्टीको भरतपुर महानगर कमिटीको अध्यक्ष थिए । खड्का नवौँ महाधिवेशनमा जिल्लाको उपाध्यक्षमा निर्वाचित भएका थिए । भुर्तेल हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य छन्, भने नवौँ अधिवेशनमा पाठक जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।

मुख्य समाचार राजनीति