मकवानपुरगढी निवासी मानकुमारी माओवादी केन्द्रको केन्द्रिय सदस्य चयन

१९ पौष मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ४ कालिखोला निवासी मानकुमारी नेपाली (आशा) नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चयन हुनु भएको छ ।

नेपाली सँगै मकवानपुरकै कुमारी मोक्तान पनि केन्द्रिय सदस्य चयन हुनुभएको छ । माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनबाट नेपाली र मोक्तान केन्द्रिय सदस्यमा चयन हुनुभएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा उहाँहरूको नाम घोषणा गर्नुभएको हो । बागमती प्रदेशसभा सदस्य एवम् सामाजिक विकास मन्त्रीसमेत रहनु भएकी कुमारी मोक्तान जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य बन्नुभएको छ भने जनयुद्धका शहिद रुद्र पाख्रीनकी बुहारी मानकुमारी नेपाली दलित कोटाबाट केन्द्रीय सदस्य बन्नुभएको हो ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार