मक्रान्चुलीमा कभर्डहल निर्माणका लागि सम्भाब्यता अध्ययन समिती गठन

१९ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा कभर्डहल निर्माणका लागि सम्भाब्यता अध्ययन समिती गठन गरिएको छ ।

मक्रान्चुलीमा आज भएको सरोकारवालाहरुको भेलाले बाबियोडाँडा टोलविकास संस्थाका अध्यक्ष राजेश देवकोटाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा कमल फुयल , हरिप्रसाद दाहाल , बिदुर हुमागाँई र दिक्पाल तिमल्सिना रहेका छन् ।

समितिले कभर्डहल निर्माणका लागि उपयुक्त स्थान पहिचान गरि प्राविधिकहरुको सहयोगमा आवश्यक डिजाइन तथा निर्माण लागतको विषयमा अध्ययन गर्ने अध्यक्ष राजेश देवकोटाले बताउनु भएको छ । कभर्डहल निर्माणको लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने वडाध्यक्ष भागवत घिमिरेले बताउनुभयो ।

वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यतामा भएको भेलामा तत्कालीन मकवानपुरगढी गाविसका पुर्व अध्यक्ष हरिप्रसाद अधिकारी , धमिले-मक्रान्डाँडा टोलविकास संस्थाका अध्यक्ष कृष्ण लामिछाने , देविडाँडा टोलविकास संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहाल , संगमटोल टोलविकास संस्थाका अध्यक्ष नरेन्द्र लम्साल , कालिदेवी टोलविकास संस्थाका अध्यक्ष भुवानीशंकर दाहाल , चुच्चेखोला सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष अर्जुन प्रसाद दाहाल , रानी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने , सामाजिक अगुवा कृष्ण प्रसाद पोखरेल , बद्रीप्रसाद देवकोटा , कमल फुयल , नवराज संजेल लगायत करिब ७० जना सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

बाबियोडाँडा टोलविकास संस्थाका अध्यक्ष राजेश देवकोटाको अध्यक्षतामा भएको भेलालाई शिक्षक सरोज फुयलले सहजीकरण गर्नुभएको थियो ।

रोचक समाचार समाज