राप्रपाको केन्द्रिय समिति मनोनयनमा एकपक्षीय र पुर्वाग्रही भयो – पुर्व अध्यक्ष थापा

२१ पौष, मकवानपुर- राप्रपा नेपालका पुर्व अध्यक्ष कमल थापाले पार्टीको केन्द्रिय समिति मनोनयनमा एकपक्षीय र पुर्वाग्रही गरिएको भन्दै त्यसको विरोध तथा भर्त्सना गर्नुभएको छ । थापाले सामाजिक संजाल मार्फत आज त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।

साथै राप्रपाको विधान अनुरुप ३३ प्रतिशत महिला अनिवार्य मनोनीत गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै विधानमा भएको ब्यवस्थाको ठाडो उल्लंघन भएको समेत बताउनु भएको छ ।
यसैगरी मधेसी समुदाय , दलित , महिला र काठमाडौंलाई उपेक्षा गरि जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनुलाई दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभएको छ ।

राप्रपाको पुर्व अध्यक्ष समेत रहनुभएका थापा पार्टीको एकता महाधिवेशनमा पुनः अध्यक्षको उमेदवार रहनुभएकेमा नेता राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको थियो ।

मुख्य समाचार राजनीति