फोनिजको वाग्मती प्रदेश अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन

काठमाण्डौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको बागमती प्रदेश अध्यक्षमा रामेछापका युवराज श्रेष्ठ निर्वाचित भएका छन ।

बिहिबार हेटौडामा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । अभ्यक्षमा निर्वाचित श्रेष्ठ नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका कोषाध्यक्ष र रेडियो झंकार ९७.५ मगेहर्जको स्टेशन म्यानेजर समेत हुन ।

कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा राजेश रुम्बा, महिला उपाध्यक्षमा डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगर, सचिवमा सस्थागत तर्फ राजु नापित, संगठन तर्फको सचिवमा शिशिर दोङ र
कोषाध्यक्षमा शंकर श्रेष्ठ चयन भएका छन । यस्तै, सदस्यहरुमा मिना श्रेष्ठ, कमला तामाङ अस्मि, पासाङ शेर्पा, पुर्णबहादुर मगर विशाल, उद्धव कुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ चयन भएका छन । सस्थागत सदस्यतर्फ रबिन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी र हिरालाल गुरुङ निर्वाचित भएका छन ।

मुख्य समाचार राजनीति