सहमति गरेको छैन उम्मेद्बारी यथावत छ – लम्साल (विज्ञप्ती सहित)

२५ पौष, मकवानपुर- नेकपा एमाले मकवानपुरको अध्यक्षका आकांक्षी बद्रिप्रसाद लम्सालले आफ्नो उम्मेदवारी यथावत रहेको बताउनुभएको छ । आइतबार दिउँसो एक विज्ञप्ती जारी गर्दै पार्टीको जिल्ला कमिटी अध्यक्षमा आफ्नो उम्मेदवारी यथावत रहेको जनाउनु भएको हो ।

आइतबार बिहान निर्वाचन समितिले निर्वाचन गराउने तयारी गरिरहेको बेला अध्यक्ष मण्डलले सर्वसम्मत जिल्ला नेतृत्व चयन भएको घोषणा गरेको थियो ।

आइतबार बिहान अध्यक्ष मण्डलका रामेश्वर रानाले एकालाल श्रेष्ठको अध्यक्षतामा १ सय ५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको घोषणा गर्नुभएको थियो । तर आइतबार दिउँसो अध्यक्षका अर्का आकांक्षी लम्सालले सहमतिका बारेमा आफुलाई जानकारी नभएको भन्दै आफ्नो उम्मेदवारी यथावत रहेकोले भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

आफूलगायत केही उमेदवारहरुको उम्मेदवारी कायमै रहँदा पार्टी नेतृत्वले सहमति भएको भन्दै गरिएको घोषणा प्रक्रियाप्रति लम्सालले आपत्ति समेत जनाउनुभएको छ ।

मुख्य समाचार राजनीति समाचार