जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष दाहालको पदस्थापन

 

हेटौंडा / नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरि दाहालको पदस्थापन भएको छ ।
आइतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले दाहाललाई पदस्थापन गराउनुभएको हो ।

अध्यक्ष दाहाललाइ पदस्थापन गर्नुहुँदै प्रमुख खुलालले युवाका क्षेत्रमा सबै क्षेत्रसङ्ग समन्वय गरि प्रभावकारी कार्य गर्न आग्रह गर्नुभयो । उहाँले युवालाई स्वरोजगार बनाउने र नेतृत्व विकासका क्षेत्रमा अगाडी बढाउन भुमिका निर्वाह गर्न सुझाव दिनुभयो ।
राष्ट्रिय युवा परिषदबाट अध्यक्षमा नियुक्त हुनु भएका दाहालले आज पदस्थापन गर्नुहुँदै कार्यालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

सो क्रममा अध्यक्ष दाहालले मकवानपुरमा युवाका क्षेत्रमा जिल्लामा रहेका सबै सरोकारवाला निकाय स्थानीय तह एवं संघसंस्थासँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले युवाहरुको विकास र अधिकारका लागि आबस्यक योजना र कार्यक्रम तयार पारेको र सोहि अनुसार अगाडी बढ्ने समेत जानकारी दिनुभयो । उहाँले राष्ट्रिय युवा परिषद् ऐन २०७२ र नियमावली २०७३ को युथ भिजनले तोकेको विभिन्न कार्यहरुलाई अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, बागमती, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, खेलकुद महासंघका सचिव धरम लामा, अखिल नेता किशन घिसिङ्ग, अखिल मकवानपुर अध्यक्ष विशाल पौडेल, युवा नेता लक्ष्मण उप्रेती लगायतले अध्यक्ष दाहाललाई पदस्थापन गराउनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

मुख्य समाचार समाचार स्थानीय