अत्यावश्यक नपरी घरबाहिर ननिस्कन उपत्यकाका जिल्ला प्रशासनको आदेश : के गर्न पाइने , के नपाइने ? (विज्ञप्तिसहित)

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको बैठकले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन आदेश गरेको छ । 

मंगलपवार बसेको प्रजिअहरुको बैठकले कोरोना संक्रमणको जोखिम बढेकाले सार्वजनिक स्थानमा जम्मा नहुन, सभाजुलुस, भोजभतेर, जात्रा महोत्सव नगर्न आदेश दिएको हो । 

काठमाडौँ उपत्यकालगायत मुलुकभर नै कोरोना संक्रमणको जोखिम बढेकाले उपत्यकाका तीनै प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घरबाहिर अत्यावश्यक काम नपरी ननिस्कन र निस्कनै परे सबैले अनिवार्य मास्कको प्रयोग गर्न पनि अनुरोध गरेका छन्।

चाडपर्वहरुमा पनि परिवारभित्रका मानिसमात्र जम्मा भएर सांकेतिक रुपमा मात्र मनाउन पनि प्रजिअहरुले आदेश गरेका छन्।

मुख्य समाचार राजनीति स्वास्थ्य