मकवानपुरगढीका ३ जनामा कोरोना संक्रमण

३० पौष मक्रान्चुली- मकवानपुरगढीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार मकवानपुरगढीको कोभिड-१९ अस्थायी अस्पताल मक्रान्चुलीमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनु भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा वडा नं ३ का ३६ र ५४ वर्षका २ जना पुरुष र एकजना स्वास्थ्य सेवामा काम गर्ने कर्मचारी रहेको लामिछानेले बताउनुभयो । पछिल्ला समय कोरोनाको संक्रमण बढ्न थालेको भन्दै स्वास्थ्य सावधानी अपनाउन , कोरोना विरुद्धको खोप नलगाएको भए स्वास्थ्य केन्द्रमा गई खोप लगाउन तथा लक्ष्यण देखिएमा कोभिड अस्थायी अस्पताल मक्रान्चुली तथा आमभन्ज्याङ स्वास्थ्य केन्द्रमा एन्टिजेन परिक्षण गराउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

मुख्य समाचार समाचार स्वास्थ्य