‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ ।
सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् ।

विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिए । उनले अहिलेको समयअनुसार पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिए ।

उनले ल्यापटप कार्यक्रमका लागि वडाध्यक्ष, समाजसेवी तथा व्यवसायीले सहयोग गरेको उल्लेख गर्दै केही नपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यहोरेको जानकारी दिए ।

अर्थ मुख्य समाचार शिक्षा समाचार समाज