डुम्रेकुनामा रहेको सनराईज युथ क्लबको अध्यक्षमा स्याङ्तान

३० पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ६ , डुम्रेकुनामा रहेको सनराईज युथ क्लबको अध्यक्षमा अशोक स्याङ्तान चयन भएका छन् । शुक्रवार भएको क्लबको भेलाले स्याङ्तानलाई अध्यक्षमा चयन गरेको हो ।

मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता तथा वडा नं ६ का वडाध्यक्ष टीका प्रसाद दाहालको विशेष आतिथ्यतामा भएको भेलाले क्लबको उपाध्यक्षमा राजेश चौलागाईं , सचीवमा विष्णु सिलवाल , सह-सचीवमा सीता लामिछाने (सापकोटा) र कोषाध्यक्षमा शान्तिमाया स्याङ्बो चयन गरेको छ ।

यसैगरी क्लबको सदस्यहरुमा अशोक पाख्रीन , जीवन विष्ट , रमेश घिमिरे , रेखा स्याङ्तान , सन्तोष स्याङ्तान र सुर्य बहादुर लुङ्वा चयन गरिएको निर्वाचन उपसमितिका संयोजक पुष्कर तिमल्सिनाले बताउनुभयो ।

भेलामा गाउँपालिकाको कार्यपालिका सदस्य चिनिमांया लुङ्वा , डुम्रेकुना टोलविकास संस्थाका अध्यक्ष नर बहादुर स्याङ्तान , समृद्धि टोलविकास संस्थाका अध्यक्ष बद्री दाहाल , आमभन्ज्याङ्ग टोलविकासका अध्यक्ष भिम प्रसाद दाहाल ,भुमि तथा बस्ती संरक्षण समितिका सचीव पुष्कर तिमिल्सिना जाल्पादेवी माविका प्रअ राजुप्रसाद गौतम , जनक माविका प्रअ बिरेन्द्र कुमार यादव सहित क्लबका आजिवन सदस्य , साधारण सदस्य , सल्लाहकार लगायतकाको उपस्थिति रहेकोे थियोे ।

क्लबका निवर्तमान अध्यक्ष प्रेम बहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको भेलामा कार्यक्रम संचालन अशोक स्याङ्तानले गर्नुभएको थियो ।

समाचार समाज स्थानीय