मकवानपुरगढीमा शुक्रबार ४ जनामा कोरोना संक्रमण पुष्टि

३० पौष मक्रान्चुली- मकवानपुरगढीमा शुक्रबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १ जना महिला र ३ जना पुरुष रहेका छन् ।

पिसिआर परिक्षणमा वडा नं ५ का १ जना महिला र एन्टिजेन परिक्षणमा वडा नं ३ का ४९ वर्षीय १ जना पुरुष र वडा नं ५ का ६९ र ७२ वर्षका गरि २ जना पुरुषमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनु भएको छ ।

शुक्रबार ३ जनाको एन्टिजेन परिक्षण गरिएकोमा तिनै जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । मकवानपुरगढीमा बिहीबार पनि ३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्ला समय कोरोनाको संक्रमण बढ्न थालेको भन्दै कोरोना विरुद्धको खोप नलगाएको भए स्वास्थ्य केन्द्रमा गई खोप लगाउन तथा लक्ष्यण देखिएमा कोभिड अस्पताल मक्रान्चुली तथा आमभन्ज्याङ स्वास्थ्य केन्द्रमा एन्टिजेन परिक्षण गराउन पनि लामिछानेले अनुरोध गर्नुभएको छ ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य