राष्ट्रिय युवा संघको महाधिवेशन आयोजक कमिटीको आर्थिक बिभाग प्रमुखमा चौलागाई

 

हेटौंडा / नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन आयोजक कमिटीको आर्थिक बिभाग प्रमुखमा मकवानपुरका सन्तोष चौलागाई चयन भएका छन् ।

युवा संघको पोखरामा भएको सचिवालय बैठकले एमाले केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा महाधिवेशन आयोजक मुल समिति गठन हुँदा युवा संघका केन्द्रीय स्थाइ कमिटी सदस्य समेत रहेका चौलागाई आर्थिक बिभाग प्रमुख भएका हुन् । यसैगरि, सचिवालय बैठकबाट आयोजक कमिटी सदस्य र सामाजिक विकास प्रमुखमा मकवानपुरकै आरती पाठक, सदस्यहरुमा मिलन पाठक, दिलु घर्ती र रमिला घलान चयन भएका छन् ।
बैठकलले महाधिवेशन सफल बनाउनको लागि ३३ वटा विभागहरु बनाएको छ । युवा संघको ९ औं महाधिवेशन आउँदो फागुन ११ गते नेपालगंजमा हुँदै छ ।

मुख्य समाचार राजनीति समाचार स्थानीय