मकवानपुरमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

काठमाण्डौ । मकवानपुर जिल्लामा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । बुधबार जिल्लामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै मकवानपुरमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अब सक्रिय संक्रमितको संख्या १ हजार ९० पुगेको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ सय ४५ जनाको स्वाब परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या बढे पनि संस्थागत आइसोलेसनमा बस्नेको संख्या ज्याँदै न्यून रहेको छ । अधिकांश संक्रमित घरमै बसिरहेका छन् ।

मुख्य समाचार समाज स्थानीय स्वास्थ्य