लोकसेवा आयोगका सम्पूर्ण परीक्षाहरू माघ मसान्तसम्मका लागि स्थगित

काठमाडौं । कोरोना संक्रमण बढेपछि लोकसेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेकाे छ ।

आयोगको आज (बिहीवार) बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको  हाे ।

सूचना अधिकारी देवी प्रसाद सुवेदीका अनुसार माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । त्यस्तै, संगठित संस्थाका परीक्षाहरु पनि यही बीचमा तय भएका थिए । ती सम्पूर्ण परीक्षाहरु हाललाई स्थगित भएका छन् ।

देशभर कोरोना संक्रमणको दर बढेपछि र लोकसेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबाबमा थियो ।

No photo description available.

मुख्य समाचार शिक्षा