इतिहास रच्दै एपीएफले जित्यो आहा ! रारा गोल्डकपको उपाधि

 

काठमाडौं । आहा रारा गोल्डकपको २०औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवले जितेको छ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पेनाल्टीमार्फत् मनाङ मर्स्याड्दी क्लवलाई ५-४ गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेलमा दुवै टोलीले दुई-दुई गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट विजेता छनोट गरिएको हो।

एपीएफले पहिलोपटक आहारा रारा गोल्डकपको उपाधि जितेको हो।

खेलकुद मुख्य समाचार