गढी गाउँपालिकामा आज र भोलि कोरोना विरुद्वको बुस्टर खोप लगाईदै

हेटौँडा/  मकवानपुरगढी गाउँपालिकामा आज कोरोना विरुद्वको बुस्टर खोप लगाईदै छ । गत आषाढ मसान्तसम्ममा कोभिड १९ विरुद्वको कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुरा भएकाहरुलाई आज माघ १६ गते र भोलि १७ गते कोभिड १९ विरुद्धको पहिलो जुन खोप लगाएको हो सोहि खोपको बुस्टर खोप लगाउन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताए ।

लामिछानेका अनुसार कोभिड विरुद्वको कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुरा भएकाहरुलाई गढी गाउँपालिका अन्तर्गतका ८ वडा नै वडामा विभिन्न स्वास्थ्य संस्थाहरुबाट खोप लगाउन लागिएको हो ।

गाउँपालिकाको ८ ओटै वडाका स्वास्थ्य संस्थामा खोप लगाईने हुनाले आफुलाई पायक पर्ने स्थानबाट खोप लगाउन सकिनेछ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जानुपर्ने गाउँपालिकाले १४ गते प्रकाशित गरेको सुचनामा जनाइएको छ ।

 

समाचार समाज स्वास्थ्य