हेटौंडाका सहकारी संस्थालाई व्यवस्थित बनाउन लागि पर्दै उपमहानगर

हेटौँडा/ हेटौंडा उपमहानगरपालिकाले यहाँका सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउन लागेको छ । सहकारीमा करोडौ रुपैयाँ लगानी रहेको र आम नागरिकले बचत गरेको रकम सुरक्षित गर्नका लागि यसलाई व्यविस्थित बनाउनका लागि काम थालिएको मेयर हरि बहादुर महतले बताए ।

स्थानीय सरकार मातहत रहेका सहकारी संस्थाहरुलाई नियमन गर्ने काम भइरहेको छ । हेटौंडा उपमहानगरपालिका मातहत २ सय २१ वटा सहकारी संस्थाहरु रहेका छन् । यी सहकारी संस्थाहरुमा नगरवासीहरुको करोडौं रुपैयाँ रहेको छ । असोज मै साधारणसभा गर्नुपर्ने यहाँका २ सय २१ वटा सहकारी संस्थाहरुले पुस मसान्त सम्ममा ९३ वटा सहकारीहरुले मात्र साधारण सभाको काम सकेको उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिम प्रसाद पौडेलले बताए।

एक जना व्यक्ति अहिले हेटौंडाका एक भन्दा धेरै सहकारीमा सदस्य रहेका छन् । अब एक व्यक्ति एक सहकारीमा मात्र आबद्ध गर्नका लागि अभियान पनि थालिएको छ । एउटा सहकारीमा पदाधिकारी रहेको व्यक्ति अर्को सहकारीमा पनि पदाधिकारी रहेको भनेको ८४ वटा सहकारी संस्था रहेको पाइएको छ ।

हेटौंडाका बिभीन्न वडामा अनुगमनको कामलाई तिब्रता दिइ उपमहानगरपालिकाले नियमित रुपमा अनुगमनको काम गरिरहेको छ । अनुगमनका क्रममा आर्थिक पारदर्सीता, लगानीको व्याजदर, लगानीका क्षेत्र, कानूनको पालनाका क्षेत्रमा कसरी काम भइरहेको छ भन्ने विषयमा केन्द्रीत रहेर काम गरिएको पौडेलले बताए ।

समाचार समाज सहकारी स्थानीय