शनिबार प्रहरीद्वारा ओभरलोड बोक्ने ४७ टिपर कार्बाहीमा

हेटौँडा/ मकवानपुरका बिभीन्न स्थानमा तोकिएको भन्दा ओभरलोड बोक्ने ४७ वटा टिपरलाई हिजो शनिबार प्रहरीले कारर्बाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले मकवानपुरका बिभीन्न स्थानमा चेकिङ गरेर खानीबाट सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर ल्याउने टिपरलाई कार्बाही गरेको हो ।

प्रहरीले हेटौंडा–११, १५, मनहरी–७, भिमफेदी–१, मकवानपुरगढी २ लगायतका सडकमा चेकिङको क्रममा ओभरलोड बोकेर सिमेन्ट उद्योग तर्फ आइरहेका टिपरलाई कार्बाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताए ।

ओभरलोड बोक्ने टिपरलाई प्रहरीले दिनहुँ कार्बाही गरेपनि हेटौंडा सिमेन्ट उद्योग, सिमब सिमेन्ट उद्योग र रिद्धिसिद्धी सिमेन्ट उद्योगमा चुनढुंगा ओसार पसार गर्ने क्रम भने ठेकेदारहरुले अझै रोकेका छैनन् ।

Uncategorized समाचार समाज