हेटौंडाको सहिद स्मारकमा मनाइयो सहिद दिवस

हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद दिवस २०७८ मनाइएको छ । सहिद दिवसको उपलक्ष्यमा प्रदेश प्रमुख यादव चन्द्र शर्मा र मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा आज बिहान पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

बिहान प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरु, नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीका उच्चअधिकृतहरु र विभिन्न राजनीति दलका नेताहरुको उपस्थितिमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

सहिद दिवस मनाउन स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई हेटौंडास्थित थानाभर्याङबाट प्रदेश प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, विभिन्न कार्यालयका प्रमुखहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, विभिन्न राजनीतिक दलका उच्चस्तरीय नेताहरु र समाजसेवीहरु पैदलयात्रासहित स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मुख्य समाचार समाचार समाज स्थानीय