घट्यो सुनको मूल्य

हेटौँडा/ आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । प्रति तोलामा ४०० रुपैयाँले घटी ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा १५ रुपैयाँले घटी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ