बालबालिकालाई खोप लगाउन आजबाट विद्यालय खुला

हेटौँडा/ सरकारले बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आजदेखि आगामी विहीवारसम्मका लागि विद्यालय खुल्दैछन् । सरकारले विद्यालय बन्द हुँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन समस्या भएकाले विद्यालयमै खोप अभियान सुरु गर्न र बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउनका लागि   विद्यालय खोल्ने निर्णय गरिएको  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत पुस २५ गते सीसीएमसीले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य