बकैया जेसीसको कोरोना सचेतना अभियानको दोस्रो दिन: गाउँपालिकाका सेवाग्राहीलाई मास्क र सेनिटाईजर वितरण

हेटौँडा/ बकैया जेसीसले कोरोना जोखिमलाई मध्यनज गर्दै (कोभिड-१९) विरुद्ध सचेतना अभियान सुरु गरेको छ । गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहीहरुलाई जेसीसले माक्स र सेनिटाइजर वितरण गरेको प्रस्तावित बकैया जेसीसका उपाध्यक्ष जितेन्द्र दाहालले बताए ।

बकैया जेसीसले सुरु गरेको एक हप्ताको कोरोना भाइरस विरुद्धको सचेतना अभियानको पहिलो दिन शनिबार ३ हजार मास्क र ८ लिटर सेनिटाईजर वितरण गरेको थियो । सचेतना अभियानको तेस्रो दिन पालिकाको ४,५ वडा कार्यालयमा सेवाग्राहीलाई माक्स र सेनिटाइजर वितरण गर्ने कार्यक्रम रहेको छ ।

जेसी हेमलाल माझीले संयोजन गरेको उक्त कार्यक्रममा बकैया जेसीजका अध्यक्ष रमेश फुँयालको उपस्थितीमा संचालन गरिएको थियो । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखेसहित पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीको समेत सहभागिता रहेको थियो ।

समाचार समाज स्थानीय