मकवानपुर प्रशासनको आइतबार थप २ बुँदे आदेश जारी

हेटौँडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरले भिडभाड हुने केही स्थान माघमसान्त सम्म नखोल्न आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार थप २ बुँदे आदेश जारी गरेको हो  ।

मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले  सिनेमा हल, डान्स बार, नाचघर, क्लव, हेल्थ क्लव, जिम खाना,स्विमिङ पुल, पिकनिक स्थल,खेलमैदान,फुटसल,पटके हाटबजार, विद्यालय,ट्युसन सेन्टर र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ माघ मसान्तसम्म बन्द गर्न २ बुँदे आदेश जारी गरेका हुन।

मुख्य समाचार समाचार समाज स्थानीय