विप्लव नेतृत्व माओवादी मकवानपुरको कार्यालयमा हानाहान हुदाँ २ जना घाइते

हेटौँडा/ आइतबार दिउँसो हेटौंडा-१ जरुवाटोलमा रहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरको पार्टी कार्यालयमा दुई पक्षबीच हानाहान हुदा दुई जना घाइते भएका छन। कार्यलय परिसरमा पैसाको लेनदेनको बिषयमा दुई महिलाको विवादमा हानाहान हुदा दुई जना पुरुष घाईते प्रहरीले जनाएको छ।

घाईते दुबै पुरुषको हेटौंडा अस्पातालमा उपचार भईरहेको र लेनदेन विवाद गरेका दुई महिलालाई भने प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।

घटनाको आवश्यक अनुसन्धान भइरहेकोले महिलाको नाम प्रहरीले खुलाएको छैन। यता विप्लव नेतृत्वको नेकपा मकवानपुरले भने पार्टी कार्यलय परिसरमा पैसा लेनदेनको विषयमा दुई महिलाको विवाद मिलाउने क्रममा विवाद भएको बताएको छ।

मुख्य समाचार समाचार समाज स्थानीय