गृहमन्त्रीद्वारा मकवानपुरका प्रहरी प्रमुखसँग शान्तिसुरक्षा र कोभिडबारे चासो

काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले मकवानपुर जिल्लाको शान्ति सुरक्षाको अवस्था र कोभिड–१९ को प्रभावबारेमा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

उहाँले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव र प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरणबारेमा जानकारी लिनुएको बताइएको छ ।

गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा र रौतहटका प्रहरी प्रमुखसँग पनि टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले मन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शीतलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताएका छन ।

सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले जानकारी लिएको बताए।

मुख्य समाचार राजनीति समाचार