हेटौंडा लेवटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक जना गम्भिर घाईते

हेटौँडा/ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-३ लेवटमा बोलेरो जिप र टिपर एकआपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

सोमबार राति मनहरीबाट हेटौंडा बजार तर्फ जादै गरेको मे १ च ५९९४ नम्बरको बोलेरो पिकअप भ्यान खाली गाडी र बिपरित दिशा बाट आउदै गरेको को १ क १३२८ नम्बरको खाली टिपर एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा पिकअप गाडीमा सवार २ जना पुरुष गम्भिर घाईते भएकोमा एकजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा काठमाण्डौ बालाजु नयाँबजार बस्ने बर्ष अन्दाजी ४० र ४५ को शिब कार्की रहेको र उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी बोलेरोमा सवार सोही ठाउ बस्ने अन्दाजी ४५ र ५० को दिनेश कार्की घाइते भएको जनाइएको छ। उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए।

मुख्य समाचार समाचार समाज स्थानीय