कस्तो रहला आजको मौसम ?

हेटौँडा/ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सुरकुहिरो लागेको छ । त्यस्तै , आज दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आगामी तीन दिनको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । त्यस्तै , प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै , देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

आज राती भने प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । त्यस्तै, प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत संभावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

समाचार समाज स्थानीय