ल्होसारमा बागमती प्रदेशमा भोली सार्वजनिक विदा

हेटौँडा/ सोनाम ल्होसारको अवसरमा माघ १९ गते बागमती प्रदेशमा सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।बागमती प्रदेशको सोमबार साँझ सकिएको मन्त्रीपरिषद बैठकले माघ १९ गते बुधबार प्रदेशमा ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । बागमती प्रदेशमा तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होसार पर्व विशेष महत्वका साथ मनाउने गर्दछन् ।

ल्होसारकै अवसरमा मकवानपुरका तीन वटा गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएका छन् । प्रदेश सरकारले एक दिन सार्वजनिक विदा दिएपनि मकवानपुरको बागमती गाउँपालिका, बकैया र राक्सिराङ गाउँपालिकाले तीन दिन विदा दिने भएका छन् ।

सोमबार एक सूचना जारी गर्दै तीन वटै गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १९, २० र २१ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय