निर्माणाधिन क्याम्पा रंगशालालाई अढाई लाख बराबरको सहयोग

हेटौँडा/ हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि सोमबार अढाई लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ । सोमबार हेटौंडा–५ का बानियाँ परिवार र हेटौंडा–७ का हेमप्रसाद अधिकारी र राजकुमार बानियाँले अढाई लाख रुपैयाँ बराबरको सहयोगगरेका छन । बानियाँ परिवारले स्वर्गीय चेतसिंह बानियाँको वार्षिक तिथिमा एक लाख २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन ।

यस्तै सोमबार नै हेटौंडा–७ निवासी हेमप्रसाद अधिकारी र सावित्री अधिकारीले स्वर्गीय बुबा मेघनाथ अधिकारीको स्मृतिमा ६० हजार रुपैयाँ लागतको एक थान प्लेयर बक्स सहयोग गरेका छन ।

यसैगरी हेटौंडा–७ निवासी राजकुमार बानियाँले पनि ६० हजार रुपैयाँ लागतको एक थान प्लेयर बक्स सहयोग गर्नुभएको छ । क्याम्पा रंगशालाको निर्माण कार्य पिप्ले युवा क्लबको अग्रसरतामा प्रदेश सरकार, स्थानीय सरकार र आम सर्वसाधारणको सहयोेगमा जारी छ ।

 

मुख्य समाचार समाचार समाज स्थानीय