सोनाम ल्होछारको अवसरमा ईन्द्रसरोवर र कैलाशमा क्रमश: ३ दिन र २ दिन बिदा

हेटौँडा/ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा पालिकामा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले १९, २० र २१ गते ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

यस्तै, सोनाम ल्होछारको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकाले २ दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जारी गर्नुभएको सूचनाअनुसार माघ १९ र २० गते दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

यसअघि मकवानपुरको बागमती, बकैया, राक्सिराङ र ईन्द्रसरोवर गाउँपालिकाले ल्होछारको अवसरमा ३ दिन विदा दिने निर्णय गरेको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय