मकवानपुरमा आज ४५ जनामा कोरोना,एकको मृत्यु

मकवानपुरमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३१ जनामा पिसिआर र ३६५ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः २३ जना र २२ गरेर ४५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी हेटौंडा भित्रका रहेका छन् । हेटौंडा भित्रका ३४ जनामा कोरोना देखिएको हो । यसैगरि पुष्टि हुनेहरुमा ६ जना थाहा नगरपालिकाका,३ जना मकवानपुरगढी भित्रका,मनहरी र भीमफेदी गाउँपालिका भित्रका एकएक जना रहेका छन् । आज जिल्लामा १ सय ६६ संक्रमितले संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाबाट मृत्यु हुने एक जना हेटौंडा १७ का ७२ वर्षीय पुरुष रहेका छन् । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ७१ पुगेको कार्यलयले जनाएको छ । जिल्लामा हाल ४ सय ५५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

मुख्य समाचार समाचार समाज