मकवानपुरमा बुधबार १२ जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा बुधबार १२ जनामा कोरोना पुष्टि भएको छ । ४९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १० जनामा र २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १० जना, मकवानपुरगढी र बकैयाँ गााउँपालिकाका १ र १ जना रहेका छन् । जिल्लामा हाल ३ सय २१ जना कोरोना भाइरस संक्रमणका सक्रिय संंक्रमित रहेका छन् । जसमध्ये ८ जना संस्थागत आइसोलेसनमा र ३ सय १३ जना घरमै आइसोलेसनमा उपचाररत छन् । यसै अवधिमा १ सय ४६ जनाले कोरोनालाई जितेका छन् ।

मुख्य समाचार समाचार समाज स्थानीय