सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

हेटौँडा/ सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ