मकवानपुरका शैक्षिक संस्था फागुन १ गतेबाट खुल्ने

हेटौंडा / जिल्ला प्रशासन कार्यालयले आदेश अनुसार मकवानपुरका विद्यालय र शैक्षिक संस्था फागुन १ गतेबाट खुल्ने भएको छ ।

कोरोना संक्रमणको जोखिमको कारण बन्द रहेको विद्यालयहरु आउँदो फागुन १ गतेबाट खुलाउन जिल्ला प्रशासन कार्यलय मकवानपुरले अनुमति दिएको हो । जिल्ला प्रशासन कार्यलय मकवानपुर प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले आज जारी गरेको आदेशमा फागुन १ गतेबाट विद्यालय संचालन गर्न सकिने जनाईएको छ ।

जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेबाट विद्यलय संचालन गर्न सकिने बताईएको छ ।

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय