मकवानपुरगढीमा रैथाने बाली कोदो र फापरको परिकार बनाउने तालिम शुरु

२७ माघ मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आज बिहीबार गतेदेखि रैथाने बाली कोदो र फापरको परिकार बनाउने तालिम शुरुवात गरिएको छ ।

तालिमको पहिलो दिन तालिमका सहभागीहरुलाई कोदो र फापरको हलुवा, निमकिन र बिस्कुट बनाउन सिकाइएको छ । यसै गरि भोली कोदो र फापरको केक, कुकिज, पिजा, पाउरोटी, दुनोट र म:म: पकाउन सिकाउने तालिका रहेको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

तालिमको मुख्य प्रशिक्षकमा नेपाल कृषि अनुसन्धान परिषदका बैज्ञानिक खाद्य तर्फका प्रविण ओझा रहनुभएको छ ।

गाउँपालिकाका उपाध्यक्ष श्री हर्कमाया रुम्बाको प्रमुख आतिथ्यतामा आज तालिमको उद्घाटन गरिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको सभाध्यक्षता रहेको उद्घाटन कार्यक्रममा मुख्य प्रशिक्षक प्रविण ओझाको विशेष आतिथ्यता रहेको थियो ।

तालिमामा मकवानपुरगढी गाउँपालिकाका सवै वडाका होटल, होमस्टे, खाजा घरका संचालक तथा कृषि प्राविधिकहरुको सहभागीता रहेको छ । तालिम ३ दिन अर्थात् माघ २९ गतेसम्म संचालन हुने छ भने आउँदो फाल्गुन १ गते आईतवारका दिन परिकारहरुको प्रदर्शनी गर्ने कार्यक्रम रहेको कृषि शाखा प्रमुख चौधरीले बताउनु भएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय