राक्सीराङ्ग र मनहरी गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ समुदायलाई न्यानो कपडा वितरण

हेटौँडा/ मकवानपुरको राक्सीराङ्ग र मनहरी गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ समुदायका ६ सय १० परिवारलाई विहिबार नेपाली कांग्रेस बागमती प्रदेशले चिसोबाट बच्नका लागि न्यानो कपडा वितरण गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले मकवानपुरको राक्सीराङ गाउँपालिका १, ३ र ५ को टंगरंङ्ग, साझाबंगीम, निगुरेटार, चुरेडाँडा, ईन्द्रुङ, राम्चे, मैनटार डोटेलगायतका टोलका ३ सय चेपाङ तथा तामाङ घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरेको हो ।

त्यसैगरी मनहरी ४ का नयाँवस्तीका बनकरिया, प्रजा, तामाङ, दलित समुदायका २ सय घरपरिवार र मनहरी ३ लामिटारका १ सय १० घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरिएको छ ।

कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिद्वय मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र वादे, सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ, जीवन डंगोल, सदस्यहरु देवकी गौतम, कल्पना खड्का, जानुकी लामा, समाजसेवी होमनाथ चौलागाई, राक्सीराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय