सुनको मूल्यमा सामान्य वृद्धि

हेटौँडा/ साताको अन्तिम दिन सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनका तुलनामा ५ सय बढ्दा शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको हो। एक सातामा सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेको छ। गत साताको अन्तिम दिन कायम तोलाको ९२ हजार ५ सयमा स्थिर रहेर आइतबार पनि कारोबार थियो। बिहीबार ९३ हजार ४ सयमा आइपुगेको थियो।

चाँदी भने बिहीबार आइपुगेको प्रतितोला १२ सय ८० रुपैयाँमा शुक्रबार पनि स्थिर रहेको छ।

 

अर्थ