शिवम् सिमेन्टको नाफा ४२ करोड ७३ लाख

हेटौँडा/ चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म शिवम् सिमेन्ट लिमिटेडले रू. ४२ करोड ७३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५८ करोड ९६ लाखभन्दा बढी यो नाफा गरेको थियो ।

गत वर्षभन्दा यस वर्षक कम्पनीको खुद नाफा २७ दशमलव ५३ प्रतिशत कम भएको हो । यस वर्ष कम्पनीको आम्दानी ७ दशमलव ५९ प्रतिशत बढी रू. ४ अर्ब ६१ करोड ६६ लाख भएको छ भने कुल खर्च १४ दशमलव ५४ प्रतिशत बढी रू. ४ अर्ब ११ करोड १० लाख भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड २९ लाखभन्दा बढी कुल आम्दानी गर्दा रू.३ करोड ५८ लाखभन्दा बढी खर्च गरेको थियो ।

यस वर्ष खर्च बढेकाले कम्पनीको खुद नाफा घटेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ भने शेयर प्रिमियममा रू.९५ करोड ६२ लाख र अन्य सम्पत्ति रू.३ अर्ब ६० करोडभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ४२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २०३ दशमलव ५९ रहेको छ । खबरब्रेकबाट साभार

अर्थ समाचार समाज