मकवानपुरमा शुक्रबार विहान २ स्थानमा आगलागी

हेटौँडा / मकवानपुरमा शुक्रबार विहान २ स्थानमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित राप्तीतटको डम्पिङ साइटमा आगलागी भएको हो । डम्पिङ साइटमा क्षेत्रको आगलागी व्यवस्थापन गरिसकिएको छ । र यस्तै,हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १३ पदमपोखरी पीपलबोट टोलस्थित इश्वरी पाण्डेको गोठमा आगलागी भएको हो । हेटौंडा उपमहानगरपालिकाको अग्नि नियन्त्रण शाखाले दिएको जानकारी अनुसार आगलागीबाट उनको गोठको करिब ५ टिप पराल जलेर नष्ट भएको छ भने केही जस्तापाता र काठ जलेको छ । सो आगलागी नियन्त्रणमा आइसकेको छ ।

 

समाचार समाज