एमसीसीमा संसदबाटै निकास खोजौं : शेखर कोइराला

हेटौँडा/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा राजनीतिक दलहरुबीच सहमति नभए पनि संसदीय प्रक्रियाबाट निकास दिनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो लिखित धारणा राख्दै डा। कोइरालाले एमसीसीलाई सम्भव भए राजनीतिक दलहरुको सहमतिबाट र सहमति नभए संसदीय प्रक्रियामार्फत निकास दिनुपर्ने बताएका हुन् ।

अहिलेको गठबन्धनमा एमसीसीका विषयमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने गठबन्धन, सरकार, नेपाली कांग्रेस र संसदको क्षमतामाथि नै प्रश्न उठ्ने उनले बताए ।

राजनीति समाचार