एकैपटक ३२ जना सहसचिवको सरुवा

हेटौँडा/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३२ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार ३२ जना सहसचिवको सरुवा भएको हो।

सरुवा हुनेमा सबै प्रशासन समूहका प्रथम श्रेणीका अधिकृत ९सहसचिव० छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपाल कुमार अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ। सामान्यकै अर्का सहसचिव रामबहादुर कुरम्वाङको पनि अख्तियारमा सरुवा भएको छ।

मुख्य समाचार समाचार