राष्ट्रिय मान्यता नपाएका २३ वटा राजनीतिक दलद्वारा निर्वाचन चिह्न माग गर्न सङ्घर्ष समिति गठन

हेटौँडा/ राष्ट्रिय मान्यता नपाएका २३ वटा राजनीतिक दलले निर्वाचन चिह्न माग गर्न सङ्घर्ष समिति गठन गरेका छन्।

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता नपाएका दलहरूले स्वतन्त्र उम्मेदवारको चिह्नबाट चुनाव लड्नुपर्ने व्यवस्था विरुद्ध आन्दोलन गर्न समिति बनाएका हुन्।

विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिह्न प्रयोग गर्न नदिने कानूनी व्यवस्था अन्यायपूर्ण भएको ठहर गरेको विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जानकारी दिए।

उनीहरूले राष्ट्रिय मान्यता प्राप्त नगरेका र आजको बैठकमा अनुपस्थित अन्य दलहरूलाई पनि सङ्घर्ष समितिमा सहभागी हुन आह्वान गरेका छन्।

बैठकमा सहभागी दलहरू:

१) आमूल परिवर्तन मसिहा पार्टी
२) एकीकृत शक्ति नेपाल
३) जनजागरण पार्टी नेपाल
४) जनता समाजवादी पार्टी, नेपाल
५) नेकपा (समाजवादी)
६) नेपाल आमा पार्टी
७) नेपाल दलित पार्टी
८) नेपाल परिवार दल
९) नेपाल विवेकशील पार्टी
१०) नेपाल सङ्घीय समाजवादी पार्टी
११) नेपाल समाजवादी पार्टी
१२) नेपाल समाजवादी पार्टी (लोहियावादी)
१३) नेपाल सुशासन पार्टी
१४) नेपाली काँग्रेस (बी.पी.)
१५) नेपाली जनता दल
१६) बहुजन समाज पार्टी नेपाल
१७) मौलिक जरोकिलो पार्टी
१८) राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
१९) राष्ट्रिय प्रजातन्त्र पार्टी
२०) विवेकशील साझा पार्टी
२१) समाजवादी पार्टी नेपाल
२२) सर्वदलीय सङ्घीय परिषद्
२३) सामाजिक लोकतान्त्रिक पार्टी

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार