चोलेन्द्र शम्शेर जबरा: प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता

हेटौँडा/ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले पुष्टि गरेको छ।

सत्तारूढ नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९८ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएको बताइएको छ।

केही महिना अघि मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो। लगत्तै उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको देखिएको थियो।

तर उनले बरु महाभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास प्रकट गरेका थिए।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज