१५ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

हेटौँडा/ साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । सुन प्रति तोलामा १५ सय रुपैयाँले बढी ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको ९५ हजार कायम गरिएको छ । भने सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । प्रति तोलामा २० रुपैयाँले बढी एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

अर्थ