कस्तो रहला आजको मौसम?

हेटौँडा/ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

अन्यत्र मौसम सफा रहेको र तराईका केही भू–भागमा हुस्सु लागेको महाशाखाको भनाइ छ। आज (आइतबार) दिउँसो देशभर आंशिक बदली रही सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। आज राति पनि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

 

समाचार समाज स्थानीय