प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगितामा ८ वटा खेलको जिल्ला छनौट

हेटौँडा/ प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिता–२०७८ का लागि मकवानपुरमा ८ वटा खेलको जिल्ला छनौट हुने भएको छ ।

वाग्मती प्रदेश खेलकुद विकास परिषद्का आयोजनामा हुने प्रतियोगितामा विभिन्न आठवटा खेलको जिल्ला छनौटको तयारी अगाडि बढाएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहाल खुशराजका अनुसार फागुन १७ गतेभित्र जिल्ला छनौट सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको छ ।

जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद चैत महिनामा गर्ने तयारी वाग्मती प्रदेश खेलकुद मन्त्रालयले अगाडि बढाएको छ । समितिले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीलाई प्रशिक्षक तथा संघमार्फत् फारम भर्न पनि अनुरोध गरिएको छ ।

खेलकुद समाचार समाज