हेटौंडामा २७ औँ जनयुद्ध दिवस मनाईयो

हेटौँडा/ नेकपा माओवादी केन्द्रले आइतबार हेटौंडामा २७ औँ जनयुद्ध दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थ बहादुर थापाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कटिमीका उपाध्यक्ष प्रेम बहादुर पुलामीको पनि उपस्थिति रहेको थियो ।

 

 

मुख्य समाचार समाचार समाज